हिलेपानीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हिलेपानीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

Share

नारीकोसिस डटकम/चैत १७, ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका–६ हिलेपानीमा स्कर्पियो जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ ।

हिलेपानीको भडारे खोला नजिक सोलुखुम्बुबाट काठमाडौं जादैं गरेको बा १६ च २२०७ नम्बरको जीप दुर्घनामा हुँदा ६ जनाको ज्यान गएको हो ।

ज्यान गुमाएका मध्ये चार पुरुष र दुई महिला छन् । दुर्घटनामा एक बालक सहित तीन जना गम्भीर घाईते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीको आस्था मेडिकलमा उपचार भइरहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ र जीपमा चालक सहित ९ जना सवार थिए । ज्यान गुमाउनेहरुको पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया