खोटाङमा रिचार्ज कार्ड चोरीमा संलग्न एक युवा पक्राउ

नारीकोसिस डटकम/चैत १७, खोटाङ । खोटाङमा रिचार्ज कार्ड चोरीमा संलग्न एक युवा पक्राउ परेका छन् ।
काठमाडौंबाट खोटाङको ऐंसेलुखर्क गाउँपालिकातर्फ जाँदै गरेको जिपबाट नाटकीय ढंगले १ लाख ६५ हजार ५ सय बराबरको एनटिसी, एनसेल र डिसहोमको रिचार्ज कार्ड गायब गर्ने ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोलका १९ वर्षीय सञ्जीव राई पक्राउ परेका हुन् ।
प्रहरी अनुसन्धानका क्रममा राईले ऐंसेलुखर्क पुग्नेबेलामा गाडी रोकेको मौका पारी रिचार्ज कार्डको पोको जंगलतिर फालिदिएका र पछि आएर रिचार्ज कार्ड लगेको खुलेको छ ।
काठमाडौंका डिलरले ऐंसेलुखर्क बजारका व्यवसायीलाई गाडीमा पठाइदिएको रिचार्ज कार्ड सोही गाडीमा यात्रा गरिरहेका उनले गायब बनाएको पाइएको डिएसपी केसीले बताए ।
राईले केही रिचार्ज कार्ड आफैले र केही साथीलाई हालिदिएको खुलेको छ । पक्राउ परेका राईलाई कानुनी कारबाही थालिएको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया