प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई पक्राउ
नारीकोसिस डटकम/चैत १७, काठमाडौं । काठमाडौं महानगरपालिका १५ सानोभर्याङस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बा ९७ प २२४६ नम्बरको मोटरसाइकल चालक काठमाडौं सानोभर्याङ बस्ने पर्सा वीरगंज घर भएका २४ वर्षीय पुनककुमार राम र बा ७६ प ९५६७ नम्बरको मोटरसाइकल चालक काठमाडौं नागर्जुन नगरपालिका ६ बस्ने ३६ वर्षीय प्रमोद खकुरेल रहेका छन् ।
महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा उनीहरुले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको फेला परेपछि कारवाहीबाट बच्न पैसाको लोभ देखाएर हिड्न खोजेको दुबैलाई मोटरसाइकल सहित पक्राउ गरेको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया