ओखलढुंगा हिलेपानीमा जीप दुर्घटना: मृतक ६ जनाकै सनाखत

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
ओखलढुंगा हिलेपानीमा जीप दुर्घटना: मृतक ६ जनाकै सनाखत

Share

नारीकोसिस/डटकम चैत १७, काठमाडौं । ओखलढुंगाको हिलेपानी मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनाका सबै मृतकको खनाखत भएको छ ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो डडुवाडाँडास्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वर्षीय नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा र ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

तपाईको प्रतिक्रिया