सोमबारबाट मौसम सफा हुने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सोमबारबाट मौसम सफा हुने

Share

नारीकोसिस डटकम/चैत १७, काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

मौसमविद पौडेलका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक सुधार हुने जानकारी दिएका हुन् । प्रिमनसुनको समय भएकाले यस्ता गतिविधि दोहोरिने बताएको छ । पूर्वी क्षेत्रका केही स्थानमा बिहानदेखि नै हल्का वर्षा भइरहेको छ ।

सोमबार पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थान र तराई भेगका छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, मंगलबार देशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा सामान्यतया मौसम सफा रहनेछ ।

तपाईको प्रतिक्रिया