अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती माग

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती माग

Share

नारीकोसिस डटकम/चैत्र १७, अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती रकम माग गर्ने दार्चुला घर भई जडीबुटी बस्ने जयभान सिंह धामीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

प्रहरीसँगको बयानमा धामीले आफू अपहरणमा नपरेको बरु लेनदेनका कारण आफ्नो परिवारसँग फिरौती माग गरेर अहरणको नाटक गरेको बताएका छन् ।

यसरी अपहरणको नाटक गर्ने जयभानसिंह धामीबारे थप अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया