हावाहुरीले बारा –पर्सामा २७ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हावाहुरीले बारा –पर्सामा २७ जनाको मृत्यु

Share

नारीकोसिस डटकम /चैत १८ । आइतवार साँझ आएको ठूलो हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। तीब्र हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको हो।

हावाहुरीका कारण सोमबार बिहान ३ बजेसम्ममा ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको वीरगञ्ज हेल्थ केयर, नारायणी अस्पताल, वीरगञ्ज नेसनल मेडिकल कलेज, गण्डक अस्पताल र न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका कच्ची घरहरूमा क्षति पुगेको बताइएको छ।

प्रहरीका अनुसार बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको छ। मृतक र घाइतेको संख्या बढिरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो।

तपाईको प्रतिक्रिया