प्रदेश सरकारको निर्णयः मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रदेश सरकारको निर्णयः   मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने

Share

नारीकोसिस डटकम/चैत १८, जनकपुरधाम ।  सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले हावाहुरीका कारण ज्यान गुमाएका मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । बैठकले घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको हो ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको र कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ५ सय भन्दा बढी घाइतेहरु उपचारत छन् ।

सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि उद्धारमा खटिइरहेका छन् ।

तपाईको प्रतिक्रिया