बारा–पर्सामा भएको क्षतिप्रति प्रचण्डद्धारा दुःख व्यक्त

नारीकोसिस डटकम/चैत १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा पुगको जनल्धनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।
बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आएको हावाहुरीबाट कम्तीमा ३१ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया