प्रदेश २ को स्थगित एसईई परीक्षा चैत २२ देखि

नारीकोसिस डटकम/चैत १८, जनकपुरधाम । प्रदेश २ मा स्थगित गरिएको एसईईको परीक्षा आगामी चैत २२ गतेदेखि निरन्तर हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले चैत २२ देखि २९ गतेसम्म परीक्षा लिने निर्णय गरेको हो ।
प्रदेश–२ मा विज्ञान, सामाजिक र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र लगातार बाहिरिएको थियो ।
रद्द गरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । बोर्डका अनुसार, २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्धितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा हुने प्रदेश २ को शिक्षा निर्देशनालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया