बारा र पर्सामा चिकित्सकको अभाव मन्त्री सोनल

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बारा र पर्सामा चिकित्सकको अभाव मन्त्री सोनल

Share

नारीकोसिस डटकम/चैत १७, जनकपुरधाम । प्रदेश २ सरकराले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकहरुको अभाव भएको बताएको छ ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव भएको बताएका हुन् ।

आइतवार राति बारा र पर्सामा आएको हावाहुरी र वर्षाका कारण घाइते भएका अस्पतालमा उपचार नपाएर छटपटाइरहेको बताउँदै मन्त्री सोनलले भने, ‘अस्पतालमा घाइतेहरु छटपटाइरहेका छन्, यहाँ डाक्टरहरुको ठूलो अभाव महशुस भएको छ, त्यसैले तत्कालै चितवनबाट हुन्छ कि काठमाडौंबाट हुन्छ, चिकित्सकहरुको टोली आइदिनुपर्यो ।

तत्कालै गर्नुपर्ने काम चिकित्सकको अभाव पूर्ति गर्नु रहेको बताउँदै मन्त्री सोनलले आँधीको चपेटामा परेर घरबार गुमाएकाहरुको खानपिन र बासका लागि सहयोगका हातहरु जरुरी रहेको बताए ।

तपाईको प्रतिक्रिया