मेडिसिटी अस्पतालको टोलीसहित हेलिकोप्टर बारा पुग्यो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मेडिसिटी अस्पतालको टोलीसहित हेलिकोप्टर बारा पुग्यो

Share

नारीकोसिस डटकम/चैत १८, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली मेडिकल उपकरणसहित बारा पुगेको छ । आँधीहुरीमा घाइते भएकाहरुको उपचार तथा उद्धारका लागि हेलिकप्टरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली बारा गएको हो ।

अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतो पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि बारामै रहेका छन् ।

तपाईको प्रतिक्रिया