हावाहुरी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
हावाहुरी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

Share

नारीकोसिस डटकम/चैत १७, काठमाडौं । बारा र पर्सामा आएको आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी वाटर एम्बुलेन्स पठाएको छ ।

हावाहुरी आँधीले क्षति पुर्‍याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो ।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडरलगायतका सामग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय इटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ । फोहोरपानीलाई शुद्धीकरण गरी पिउन योग्य बनाउनका लागि वाटर एम्बुलेन्समा प्रविधि जडान गरिएको छ ।

तपाईको प्रतिक्रिया