बारा र पर्साका हावाहुरी पीडितका लागि उद्योग वाणिज्य महासंघले ५० लाख सहयोग गर्ने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बारा र पर्साका हावाहुरी पीडितका लागि उद्योग वाणिज्य महासंघले ५० लाख सहयोग गर्ने

Share

नारीकोसिस डटकम/चैत १८, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

बैठकले प्रभावित क्षेत्रमा मानवीय सहायतासँगै खाद्यन्न , त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री भने तत्काल नै वितरण गर्न शुरु गर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने हावाहुरीले घर उजाडिएकाहरु खुला आकाशमा राहतको पर्खाइमा छन् ।

तपाईको प्रतिक्रिया