टिप्परले ठक्कर दिँदा प्राध्यापकको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
टिप्परले ठक्कर दिँदा प्राध्यापकको मृत्यु

Share

नारीकोसिस डटकम/चैत १९, बुटवल । टिप्परले ठक्कर दिँदा बुटवलमा एकजना प्राध्यापकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले ठक्कर दिँदा लु २२ प ४९७९ नंं को मोटरसाइकलमा सवार डोलराज अर्यालको मृत्यु भएको हो ।

देवदह घर भएका अर्याल बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका स्वास्थ्य विषयका प्राध्यापक थिए । बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको टिप्परले ठक्कर दिएपछि अन्दाजी ५० वर्षीय प्राध्यापक अर्याल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार राति ८ बजेतिर मृत्यु भएको ५ नंं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया