पूर्वी नवलपरासीमा भीरबाट लडेर १ जनाको मृत्यु

नारीकोसिस डटकम/चैत १९, नवलपरासी । पूर्वीनवलपरासीको बुलिङ्गटार गाउँपालिका–६ मा भीरबाट लडेर १ जनाको ज्यान गएको छ । भीरमा रहेको बाँस काट्ने क्रममा लडेर बालकृष्ण श्रेष्ठको निधन भएको हो ।
लडेर गम्भीर घाइते श्रेष्ठलाई सोमबार साँझ उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।
श्रेष्ठको शव पोष्टमार्टमका लागि चितवन मेडिकल कलेजमा राखिएको छ ।
तपाईको प्रतिक्रिया