गैरआवासिय नेपाली संघ एनआरएनले राहत वितरण गर्न सुरु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
गैरआवासिय नेपाली संघ एनआरएनले राहत वितरण गर्न सुरु

Share

नारीकोसिस डटकम/चैत १९, काठमाडौं । विनाशकारी हावाहुरीका कारण प्रभावित भएकाहरुको परिवारलाई गैरआवासिय नेपाली संघ एनआरएनले राहत वितरण गर्न सुरु गरेको छ ।

संघका उपाध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर शाह, रतन झा सहितको टोलीले प्रभावित क्षेत्र बाराको फेटास्थित पुरिया गाउँबासीलाई राहत वितरण सुरु गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सल्लाहमा बाराको पुरिया गाउँका ५०० घर धुरीलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल बितरण मंगलबारदेखि सुरु गरिएको पन्तले बताए ।

सोमबार प्रभावित क्षेत्रमा पुगेको टोलीले मंगलबारदेखि राहत वितरण गर्न सुरु गरेको हो । आइतबार आएको आँधीबाट २७ जनाको मृत्यु हुनुका साथै ४०० बढी घाइते र हजारौं प्रभावित बनेका छन् ।

तपाईको प्रतिक्रिया