सरकारको निर्णय: हावाहुरी प्रभावित क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सरकारको निर्णय: हावाहुरी प्रभावित क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने

Share

नारीकोसिस डटकम/चैत २०, काठमाडौं । संघीय सरकारले गत आइतबार बारा र पर्सामा चलेको भीषण हावाहुरीका कारण प्रभावित भएको क्षेत्रमा आधुनिक चुल्हो र सोलार उपलब्ध गराउने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठको निर्णय अनुसार घरबार विहीन भएका सयौँ परिवारलाई आधुनिक चुल्हो र सोलार उपलब्ध गराईने भएको हो । हावाहुरीका कारण सयौं परिवार घरबारविहीन भएको छन् भने प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।

उर्जासचिव दिनेश घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकाल सहभागी बैठकमा हावाहुरीबाट भएको क्षतिका बारेमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया