लागूऔषध सहित ३ जना पक्राउ
नारीकोसिस डटकम/चैत २१, मकवानपुर । लागूऔषधको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको हेटौंडाबाट प्रहरीले लागूऔषध गाजा र सिरिन्जसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिवासका ३६ वर्षीय रामजस यादव र १९ वर्षीय उज्वल गुर्मछाने मगर तथा चितवन राप्ती नगरपालिका ४ का ३७ वर्षीय लक्ष्यबहादुर राई छन् ।
प्रहरीले हेटौंडा ३ तिनताप्केबाट हेटौंडातर्फ आउँदै गरेको ना३ख ३७६९ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा २१२ किलो गाजासहित महोत्तरी बर्दिवासका यादव र १९ वर्षीय मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।
यस्तै प्रहरीले पूर्वपश्चिम राजमार्गको हेटौंडा १५ बाट भारतीय सीमामा बिक्रीका लागि राखिएको सिरिन्ज लागूऔषधसहित चितवनका राईलाई पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ वर्षदेखि १० वर्ष कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया