३ हजार कुखुरा नष्ट: भक्तपुरमा बर्डफ्लु भेटियो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
३ हजार कुखुरा नष्ट: भक्तपुरमा बर्डफ्लु भेटियो

Share

नारीकोसिस डटकम /चैत २१, भक्तपुर । देशका केही जिल्लामा देखिँदैै आएको बर्डफ्लु भक्तपुरमा समेत देखिएको छ ।

सूर्यविनायक नगरपालिका वडानम्बर ४ दधिकोटमा रहेको एक कृषि फार्ममा बर्डफ्लु देखिएपछि त्याहाँका कुखुरा बुधबार बेलुका नष्ट गरिएको छ ।

दधिकोट तर्खगालको सञ्चालित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो ।

एचवानएनवान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २ हजार ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय ५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटनरी अस्पतालका पशुसेवा विज्ञ डा चन्द्र ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया