महोत्तरीको बलवा नगरपालिकामा वडाध्यक्षको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
महोत्तरीको बलवा नगरपालिकामा वडाध्यक्षको मृत्यु

Share

नारीकोसिस डटकम/चैत २१, महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–८ का वडाध्यक्ष लोकेन्द्र महतोको मृत्यु भएको नगरपालिकाका प्रमुख विनोद यादवले बताए ।

बिहान अचानक पेट दुखेपछि उनलाई उपचारका लागि जनकपुरको रामजानकी हेल्थ केयरमा लगिएको थियो ।

महतोले दिँउसो १२ बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुल समेत गरेका थिए । आधा घण्टापछि महतोले फेरी सञ्चो नभएको बताएपछि पुनः सोही अस्पताल लगिएको थियो । उपचारकै क्रममा केहीबेरपछि उनको मृत्यु नगर प्रमुख यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया