मौसम पूर्वानुमान महाशाखाका अनुसार: २ दिन वर्षासँगै हावाहुरी चल्छ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मौसम पूर्वानुमान महाशाखाका अनुसार: २ दिन वर्षासँगै हावाहुरी चल्छ

Share

नारीकोसिस डटकम/चैत २२, काठमाडौं । काठमाडौं उपत्यकासहित देशको प्रायः स्थानमा शुक्रबार बिहान हल्का वर्षा भएको छ । यो क्रम अझै २ दिन चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार, सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार बिहान वर्षा भएको छ ।

वर्षासँगै हावा र हुरीको सम्भावना पनि भएको मौसम पूर्वानुमान महामशाखाले औंल्याएको छ ।

विपरीत स्वभावका वायु सक्रिय भएकाले २ दिन औसत भन्दा बढी नै हावाहुरी चल्ने मौसमविद् रिमाल बताउँछन् । तर, बारा र पर्सामा आइतबार गएजस्तो डराउनै पर्ने हावाहुरी जाने खतरा भने छैन ।

तपाईको प्रतिक्रिया