झारफुक गर्ने बहानामा १३ वर्षीया बालिकालाई बलात्कार

नारीकोसिस डटकम/चैत २२, भक्तपुर । बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा बिरामी बाबुको झारफुक गर्न गएकी १३ वर्षीया बालिका मकवानपुरको मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका ५, घर भई चाँगुनारायण नगरपालिका ८ मा बस्दै आएका गुरु रोशन भन्ने हिरामणि घिमिरे गएको १९ गते मंगलबार दिउँसो बलात्कार गरेर फरार भएका थिए ।
धामी घिमिरेले आँखामा पट्टी बाधेर उपचार गर्नुपर्छ भन्दै बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्ने नाममा बालिकाको मुख थुनेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । पीडित बालिकाले धामीले आफूलाई जबर्जस्ती गरेको बाबुलाई बताएपछि १९ गते नै प्रसूति गृह थापाथलीमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको र त्यही दिन जाहेरी आएको प्रहरीको भनाइ छ ।
जहेरी आए लगतै प्रहरी १९ गते घटनास्थल पुग्दा धामी घिमिरे फरार भएको र खोजीको क्रममा रसुवाको कालिका गाउँपालिका–३ कटुन्जेस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरीएको बताइएको छ ।
तपाईको प्रतिक्रिया