जागरण महिला अभियानद्धारा आयोजित “सकारात्मक सोच” जनचेतनामूलक कार्यक्रम सम्पन्न

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जागरण महिला अभियानद्धारा आयोजित “सकारात्मक सोच” जनचेतनामूलक कार्यक्रम सम्पन्न

Share

नारीकोसिस डटकम/चैत २२, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा जागरण महिला अभियानद्धारा आयोजित एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको  छ । संस्कारयुक्त पारिवारिक एवं सामाजिक रुपान्तरणका लागि  सकारात्मक सोच विषयक प्रशिक्षण कार्यक्रम सनसिटी पार्टी प्यालेस काँडाघारीमा सम्पन्न भएको  हो ।

उक्त कार्यक्रममा  सकारात्मक सोचको विकास गरी आफ्नो घर देखि समुदायसम्मको वातावरण सरसफाईमा  थप सहयोग पुगोस भन्ने  उद्देश्यले  आयोजना गरिएको सस्थाकी अध्यक्ष जानकी ऐरीले बताइन् । यस कार्यक्रमको प्रशिक्षण मनोविद रविन कटुवालले दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख कृष्णहरी थापाले नगरपालिका समाजको विकास निर्माण कार्यकालागि अनवरत रुपमा लागि परिरहेको र सबैमा सकारात्म सोचको विकास भएमा  थप सहयोग पुग्ने बताए ।
त्यसैगरी कार्यपालिका सदस्य तथा संस्थाकी पूर्व अध्यक्ष कला घिमिरेले समाजका प्रत्येक व्यक्तिमा सकारात्मक सोचको विकास भएमा समाज रुपान्तरणमा त्यसले ठूलो भूमिका निर्वाहा गर्ने बताइन् ।

प्रशिक्षण कार्यक्रममा विभिन्न संघसस्थाका लगाएत स्थानीय वासीको उत्साहजनक सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया