जेष्ठ नागरिक निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जेष्ठ नागरिक निःशुल्क आँखा परिक्षण  शिविर सम्पन्न

Share

चैत २३ काठमाण्डौं । कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकको निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ । उक्त परिक्षण तिलगंगा आँखा अस्पतालको सहयोगमा गरिएको हो ।

नौ नम्बर वडावासी जेष्ठ नागरिकहरुलाई सहजै आँखा परिक्षण गर्ने सेवा सुविधा उपलब्ध गराउँन सकियोस भनि यो शिविर आयोजना गरिएको वडा अध्यक्ष कुन्दन खड्काले बताए ।

निःशुल्क आँखा परिक्षणमा वडा नम्बर ९ का २ सय जेष्ठ नागरिकहरुले आँखा परिक्षण गराएका छन् ।

शनिबार गान्धी आदर्श मा .वि.मा  सञ्चालन गरिएको शिविरमा सेवा लिने मध्ये १५ जनामा मोती बिन्दु देखिएको  नगरपालिका स्वास्थ्य तथा सफाई शाखा प्रमुख लक्ष्मी कोइरालाका बताइन् । उनीहरुको तिलगंगा आँखा अस्पतालले निःशुल्क अप्रेसन गर्ने भएको छ । अप्रेसनका लागि अस्पताल लानको निमित्त नगरपालिकाले सम्पूर्ण सहयोग पुर्याउने कोईरालाले बताइन् ।

तपाईको प्रतिक्रिया