हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो

Share

नारीकोसिस डटकम /चैत २४, बारा । फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउँसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकाशमा मडारिएको कालो बादल । यो समाचार आजको नेपाल समाचारपत्रमा गोकुल घोरसाइनेले लेखेका छन् ।

रामसुन्दरजस्तै हावाहुरीबाट प्रभावित क्षेत्रका बासिन्दाहरुको चिन्ता साँझ पर्न नपाउदै वास्तविकतामा परिणत भयो । दिउँसो हल्का मात्र बर्षा भएको हुरी प्रभावित क्षेत्रमा साँझ ६ बजेबाट हावाहुरीसहित भिषण बर्षा भयो । साँझ छिप्पिदै जादा बढेको बर्षाले हुरी प्रभावितलाई थप बिचल्लिमा पार्‍यो ।

बर्षाले राहतमा पाएका अन्नपात र लत्ताकपडा बर्षाले भिजाएर नष्ट गर्‍यो भने बस्ने÷सुत्ने ठाउँसमेत हिलाम्मै बनायो । केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीय प्रहरीका भनाइ छ ।

राहतमा पाएको सामान भिजेकोमा भन्दा पनि पटकपटकको बर्षा र हुरीले पिडितलाई आतङ्कित पारेको फेटा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयप्रकास दास बताउनुहुन्छ । ‘फेरि आइतबारको जस्तै हुरीबतास आउने हो कि भनेर सबै त्रसित छन, उनी भन्छन्, हुरीले बनाएको घाउमा बस्न लागेको खाटा उक्किएजस्तै भएको छ ।’

 

तपाईको प्रतिक्रिया