सर्लाहीमा एक महिला मृत फेला, घरका सबै सदस्य फरार

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सर्लाहीमा एक महिला मृत फेला, घरका सबै सदस्य फरार

Share

नारीकोसिस डटकम/चैत २४, सर्लाही । सर्लाही जिल्लाको बसबरिया गाउँपालिका–६, मनटोलमा शनिबार एक महिला मृत अबस्थामा भेटिएकी छिन् । स्थानीय सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी आफ्नै घरको माथिल्लो तल्लामा मृत फेला परेकी हुन् ।

घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् । सागरदेवीले आफूलाई श्रीमान्बाट पटकपटक कुटपिट गर्ने गरेको भन्दै केही समयअघि प्रहरीमा उजुरीसमेत दिएकी थिइन् ।

मृतक महिलाको घाँटीमा निलडाम देखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सागरदेवीको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवा ल्याइएको र घरका सदस्यको खोजी भइरहेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया