लागुऔषधसहित थानकोटबाट दुईजना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
लागुऔषधसहित थानकोटबाट दुईजना पक्राउ

Share

नारीकोसिस डटकम/चैत २४, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग थानकोटले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ११९८ नम्बरको यात्रुबाहक बस र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७७६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा सुनसरीका विकास साह र बाँकेका सन्तोष यादवलाई आज बिहान पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका साहसँग डाइजेपाम १५० एम्पुल, फेनार्गन १५० एम्पुल र नुर्फिन १५० एम्पुल तथा यादवबाट नाइट्राभेट ३६ ट्याब्लेट र स्पास्मो १९ ट्याब्लेट बरामद गरेको छ ।

पक्राउ परेका साह र यादवलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी मुद्दा चलाउन महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया