दाङको लमहीमा बस दुर्घटना, ३ जना गम्भिर घाइते

नारीकोसिस डटकम/चैत २४, दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा बस दुर्घटना भएको छ ।
बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ८६३० नम्बर को बस लमही नगरपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार बसको पट्टा भाच्चिँदा बस राजमार्गबाट तल खसेको हो ।
दुर्घटनामा परी घाइते भएका हरुको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउनबाँकी छ ।
तपाईको प्रतिक्रिया