कागेश्वरी नगपालिकाले आँधी प्रभावितलाई १० लाख सहयोग गर्ने (विज्ञप्ति सहित)

नारीकोसिस डटकम/चैत २५, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले बारा र पर्साका हावाहुरी पिडितलाई १० लाख सहयोग गर्ने भएका छन् ।
प्रेस विज्ञप्ति जारी गदै नगरपालिकाले केन्द्र सरकारको आव्हानमा प्रदेश ३ का मुख्यमन्त्री राहतकोषमा राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराएको हो ।
चैत २० गते नगरपालिकाका प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै विपत्तिमा ज्यान गुमाउनेहरुको सम्झनामा शोक प्रस्ताव गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
दैविक प्रकोप पछिको क्षति ठुलो भएकाले सवैले आ–आफनो ठाउँबाट सहयोग गर्नुपर्ने नगर प्रमुख थापाले बताए ।
तपाईको प्रतिक्रिया