ताप्लेजुङमा ट्याक्टरले किच्दा एकको मुत्यु

नारीकोसिस डटकम चैत २५, ताप्लेजुङ– ताप्लेजुङमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका– २ फूलवारीमा तमोर खोलाबाट बालुवा लिएर फूलवारीतर्फ जाँदै गरेको ना४त ५९२२ नम्बरको ट्याक्टरले किच्दा स्थानीय १५ वर्षीय युवक फिरोज प्रधानकोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिहं थापाले जानकारी दिए ।
प्रहरीले ट्याक्टर चालक २४ वर्षीय प्रकाश शेर्पालाई नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया