हुरीपीडितलाई चिनियाँ राजदूतबाट सहयोग

नारीकोसिस डटकम /चैत २५, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले आँधी हुरीपीडितको सहयोगार्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार अमेरिकी डलर हस्तान्तरण गरेकी छन् ।
राजदूत याङछीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट उक्त रकम हस्तान्तरण गरेकी हुन्। शनिबार प्रधानमन्त्री ओलीलाई भेट गर्दै उनले विपत्तिप्रति चीनको नजिकबाट चासो ध्यान केन्द्रित गरेको बताएकी छन्।
उनले नेपाली जनताको दुःखमा दुःखप्रति चिनियाँ जनता पनि दुःखी भएको र चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट नेपाललाई सहयोग गरेको बताइन् ।
उनले क्षमता अभिवृद्धि, सहयोग, विपत्ति नियन्त्रण गर्ने तथा घटाउनेतर्फ चीनले नेपालसँग मिलेर काम गर्न चाहेको बताएकी छन् ।
तपाईको प्रतिक्रिया