सम्बन्धको महत्वपूर्ण हिस्सा हो ‘सेक्स’

कुनै पनि पाटर्नरबीचको सम्बनधमा सेक्सले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । कयौं जोडीबीच यौनसम्पर्कका लागि अनुकुलता नहुँदा सम्बन्ध टुट्ने पनि गरेको विभिन्न अध्ययनहरुले देखाउने गर्दछन् । यहाँ दुई पाटर्नरका बीच सेक्सका लागि कति अनुकुलता मिलिरहेको छ यसबारेमा थाहा पाउने केही संकेतहरुका बारेमा चर्चा गरिएको छ ।
१.यस्तो भएमा राम्रो संकेत होइन :
तपाई दुवैजना सेक्सका बारेमा कुराकानी गर्दा एक अर्कामा सहजता महसुश गनुृहुन्छ रु दुवैजना मध्ये कुनै एकजना धेरै डिमाण्डिङ हुनुहुन्छ वा एकजनाको यौनक्रियाकलापबाट अर्कोलाई सहजता महसुश हुदैन भने बुझ्नुहोस् तपाई दुईको यौनजीवन राम्रो छैन जबरजस्ती एकले अर्कोलाई झेलिरहनुभएको छ ।
२.आपसी सन्तुष्टि अति आवश्यक :
सेक्सका दौरानमा एकजना क्लाइमेक्समा पुग्ने र अर्को शिथिल भइसक्ने अवस्था कहिल्यै पनि आउन दिनुहुन्न यसका लागि दुवै पार्टनर यौनसम्बन्धमा बराबर तृप्त हुन जरुरी छ ।
३.सेक्स ड्राइभको गति समान हुनुपर्ने सेक्समा :
कामइच्छाको पनि महत्वपूर्ण भूमिका रहने गर्दछ । के तपाई दुवै पाटर्नरको सेक्स ड्राइभ अलग अलग छ दुवैजना मध्ये एकजना बढी क्रियाशिल हुने र अर्को जना कम क्रियाशिल हुने समस्या छ भने यसको असर सोचमा पनि पर्ने गर्दछ जसले दैनिकी र पूरा जीवनमा नकारात्मक असर पर्न पनि सक्दछ ।
४.तुलना नगरौं :
सेक्सको विषयलाई लिएर कुनै पनि प्रकारको तुलना गर्नु हुदै हुन्न । पाटर्नर मध्ये कोही एक पनि सेक्सको तुलना आफ्ना बितेको कुनै सम्बन्ध वा व्यक्तिसँग गरिरहन्छ भने त्यसले वर्तमान समयको सेक्स लाइफ बर्बवाद गरिदिन सक्छ ।
तपाईको प्रतिक्रिया