धरानमा बस पल्टिदा ४ जनाको मृत्यु, कैयौँ घाइते

नारीकोसिस डटकम/चैत २५, सुनसरी । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ना ६ ख २७१३ नम्बरको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।
बस पल्टिदा च्यापिएर ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बस बिजुलीको पोलमा अगाडिपट्टिको भाग ठोकिएको छ ।
दुर्घटनामा परि घाइते भएका हरुलाई उपचारका लागि बीपी प्रतिष्ठान धरान लगिएको छ । दुर्घटनाको थप विवरण आँउन बाँकी छ ।
तपाईको प्रतिक्रिया