बारामा फेरि हावाहुरी: घरका छाना उडे, एसईई परीक्षा प्रभावित

नारीकोसिस डटकम/चैत २६, बारा । २७ जनाको ज्यान जाने गरी हावाहुरी आएको २ साता नपुग्दै बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ ।
हुरीले एसईईका साथै जनजीवन प्रभावित भएको छ । असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।
करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् ।
हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ । कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ । घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ ।
तपाईको प्रतिक्रिया