अछाममा सोमबार राती चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

नारीकोसिस डटकम/चैत २६, डोटी । सोमबार राती चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए। राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो।
त्यसैगरी जिल्लाको सोही नगरपालिकाका वडा नं ४, ७ र ८ मा सोमबार राति चट्याङ लागेर १६ जना घाइते भएका छन् । चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ एकाएक हावाहुरीसँगै आएको असिना तथा परेको चट्याङले डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा ठूलो मात्रामा बालीनालीको नोक्सानीसमेत गरेको छ।
तपाईको प्रतिक्रिया