छोरीलाई बलात्कार गर्ने बलात्कारी बाबु पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
छोरीलाई बलात्कार गर्ने बलात्कारी बाबु पक्राउ

Share

नारीकोसिस डटकम/चैत २६, भक्तपुर । बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई हाल चागुँनारायण नगरपालिका–२ दुवाकोट, भक्तपुर बस्ने वर्ष ३५ का एक व्यक्तिले वर्ष १५ की आफ्नै सौतेनी छोरीलाई विगत दुई वर्षदेखि डरत्रास देखाई बलात्कार गर्दै आएको उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त ठिमीमा निज बालिकाकी आमाले दिएको उजुरीको आधारमा निजको सौतेनी बुबालाई नियन्त्रणमा लिई सोमबार जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी पसिसर भक्तपुरले बताएको छ ।

तपाईको प्रतिक्रिया