नयाँ बसपार्कबाट चोरीको गाडीसहित १ जना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नयाँ बसपार्कबाट चोरीको गाडीसहित १ जना पक्राउ

Share

नारीकोसिस डटकम/चैत २६, काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजनालाई पक्राउ गरेको छ । नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जन बा ६ च ४४२५ नम्बरको डिआई गाडीसहित सोमबार राती पक्राउ परेका हुन् ।

ललितपुर ग्वार्कोबाट चोरी भएको सो गाडी महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा नयाँ बसपार्क नजिकैको माछापोखरीबाट बिजि मलतर्फ जाँदै गरेको गाडीलाई पिछा गरेको थियो । गाडी कसरी चोरियो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया