लहानमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ३ को मृत्यु

नारीकोसिस डटकम/चैत २६, लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १३ भोटियाटोल चोकमा तीन जना सवार मोटर साइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
लहान नगरपालिका–४ का २६ वर्षीय कृष्ण सहनी, २५ वर्षीय शिवकुमार सहनी र २६ वर्षीय मनोज कुमार मण्डल सवार स ९ प ७३७ नम्बरको मोटरसाइकललाई विपरित दिशातर्फ गइरहेको ना ३ ख ७७७४ नम्बरको ट्रकले सोमबार राती ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख इन्सपेक्टर मिलनसिँह बस्नेतले बताए।
ठक्करबाट घाइते तीनै जनालाई उपचारका लागि लहान अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनले बताए।
ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय धनगढीको नियन्त्रणमा रहेको बस्नेतले बताए ।
तपाईको प्रतिक्रिया