मच्छिन्द्रनाथको रथ बनाउन सुरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मच्छिन्द्रनाथको रथ बनाउन सुरु

Share

नारीकोसिस/डटकम चैत २७, ललितपुर । सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु भएको छ ।

रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री बनाइरहेको छ । मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्नका लागि धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक–फरक जातिको हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको जात्रा रहेको छ । मच्छिन्द्रनाथलाई छ महीना बुङ्गमती र छ महीना पाटनमा राखिन्छ ।

तपाईको प्रतिक्रिया