प्रहरीलाई एक हजार घुस दिन खोज्ने गाडीचालक पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रहरीलाई एक हजार घुस दिन खोज्ने गाडीचालक पक्राउ

Share

नारीकोसिस डटकम/चैत २७, काठमाडौं । प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका १२ त्रिपुरेश्वरमा प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्दा धादिङ घर भई सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले उनको बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न लाग्दा तामाङले एक हजार रुपैयाँ दिन खोजेका थिए ।

तपाईको प्रतिक्रिया