गौरीशंकर महिला समूहद्वारा आयोजीत ७ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गौरीशंकर  महिला समूहद्वारा आयोजीत ७ दिने क्षमता अभिवृद्धि  तालिम सम्पन्न

नारीकोसिस डटकम/चैत २७, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक सहयोगमा गौरीशंकर महिला समूहद्वारा आयोजीत सात दिने उद्घोषण तालिम सम्मपन्न भएको छ ।

उक्त कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्वर ९ का वडा अध्यक्ष कुन्दन खड्काको  प्रमुख आतिथ्यमा बुधावार काँडाघारीमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि तथा वडा अध्यक्ष खड्काले  प्रशिक्षार्थीहरुलाई आफूले सिककेको ज्ञानसिपलाई व्यवहारिक रुपमा प्रयोग गरी वोल्ने कलालाई विकास गर्दै आत्मा निर्भरता बनाउने तर्फ अग्रसर भई अगाडि बढ्न तालिममा सहभागी सवैलाई सुझाव सहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यपालिका सदस्य कला घिमिरले हरेक कोणबाट आत्मा निर्भर बन्नाका लागि वोल्ने कलाको विकास गर्नु अति आवश्यक रहेकोले उक्त उद्घोषण तालिम दिएको बताउदै प्रशिक्षर्थी सवैलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

महिलाहरुलाई क्षमता अभिवृद्धि गराई आत्मा निर्भरता बनाउने उदेश्यका साथ दिएको सो कार्यक्रममा वेसिक तथा एडभान्स गरी ५१ जनाले तालिममा सहभागीता जनाएको गौरीशंकर महिला समूहकी अध्यक्ष सीता कार्कीले बताइन् ।

सहभागी प्रक्षार्थीहरुलाई शिरोमणी दवाडी , मनिता पोख्रेल र निर्मला सापकोटा सञ्जले प्रशिक्षण दिएका थिए ।

प्रक्षार्थी  लिलादेवीलाई तिवारी  संस्थाले ६५ वर्षको उमेरमा पनि सक्रियता तथा उत्सुकताका साथ तालिममा सहभागी भएको भन्दै दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा कार्यपालिका  वडा सदस्य डोलनाथ पोख्रेल, साहारा पुर्कोटी, जागरण महिला अभियानकी जानकी ऐरी, मनहरा समाजका अध्यक्ष केदार खड्का अतिथिको रुपमा उपस्थित थिए ।

 

 

तपाईको प्रतिक्रिया