गुल्मीमा जिप दुर्घटनामा पूर्वसांसद भण्डारीको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गुल्मीमा जिप दुर्घटनामा पूर्वसांसद भण्डारीको मृत्यु

Share

नारीकोसिस डटकम/चैत २८, तम्घास । गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे ।

धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।

जिप दर्लिनबाट बुटवल जाँदै थियो । जिपमा १० जना सवार थिए । घाइतेहरुलाई उपचार गर्न वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा लगिएको छ ।

जिप सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल बाग्लुङको सिमानामा पर्दछ ।

तपाईको प्रतिक्रिया