गुल्मी जिप दुर्घटना: मृतकको संख्या ३ पुग्यो

नारीकोसिस डटकम /चैत २८, गुल्मी । , गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा जिप दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । उपचारको लागि पाल्पा लैजाने क्रममा थप एक घाइते पनि मृत्यु भएको हो ।
छिल्लो पटक मृत्यु हुनेमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् । त्यसअघि धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी र ८ वर्षीय ओश्कर विकको मृत्यु भएको थियो । शर्मा नेपाली कांग्रेसका पूर्वसांसदसमेत हुन् ।
गुल्मीको दर्लिङ्गबाट बुटवल जाँदै गरेको लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान सडकबाट करिब १ सय मिटर तल खसेको थियो । जिपमा १० जना सवार थिए ।
घाइतेहरुलाई जिल्ला अस्पताल गुल्मी र वामी टक्सारमा उपचारका लागि लगिएको छ ।
तपाईको प्रतिक्रिया