सिरहामा प्रसूति अस्पताल उद्घाटन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सिरहामा प्रसूति अस्पताल उद्घाटन

Share

नारीकोसिस डटकम/चैत २८, लहान । भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पताल उद्घाटन भएको छ ।

बुधबार नेपालका लागि भारतीय राजदूत  मन्जिवसिंह पुरीले अस्पताल उद्घाटन गरेका हुन् ।

भारत सरकारको दुई अर्ब ६९ करोड रूपैयाँ सहयोगमा निर्माण भएको २५ शैयाको अस्पताल उद्घाटन पश्चात उपचार सेवा सञ्चालन भएको छ ।

गुणस्तरीय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित सिद्धान्तअन्तर्गत चन्द्रनारायण यादव मेमोरियल ट्रस्टद्वारा उक्त अस्पताल सञ्चालन भएको जनाइएको छ ।

अस्पतालमा चिकित्सकीय उपकरण अल्ट्रासाउण्ड, एक्सरे, ब्लड बैंक, इमर्जेन्सी, माइनर ओटी, तीन चिकित्सक कक्ष, एक नर्सकक्षलगायत सेवा रहेका छन् । अस्पताल निर्माण भएपछि सिरहा र आसपासका जिल्लाका जनताको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया