मोरङमा कारको ठक्करबाट एक जनाको मृत्यु

नारीकोसिस डटकम /चैत २८, उर्लाबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट २२ वर्षीय हेम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
तपाईको प्रतिक्रिया