सूर्तिजन्य पदार्थ सेवन गरी गाडी चलाए १ हजार जरिवाना, जेब्रा क्रसिङमा नरोके पाँच सय

नारीकोसिस डटकम/चैत २८, काठमाडौं । काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति बढेपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो ।
ऐनको दफा १२मा उल्लेखित चालकको कर्तब्यहरु मध्ये बुँदा ‘घ’मा जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता नदिने चालक माथि कारवाहीको व्यवस्था गरिएको छ । यो कसुरमा चालक माथि पहिलो पटक दुईसय र दोस्रो पटक पाँचसय रुपैयाँ सम्मको जरिवाना हुने ऐनमा उल्लेख छ ।
त्यस्तै सवारी साधनमा अश्लिल फोटो टाँस्ने अश्लिल गीत बजाउने, जथाभावी पार्किङ गर्ने, मदिरा जन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने, यौनजन्य दुब्र्यवहार गर्ने र कानूनले निषेध गरेका अन्य क्रियाकलाप गर्ने निर्धारित रुटमा सवारी साधन चलाउन इन्कार गर्ने चालकमाथि सोही जरिवाना हुनेछ ।
यो ऐन काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको हकमा लागू गर्न लागेको हो । प्रमाणीकरण भई एक महिनाभित्र ऐन कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया