६५ वर्षीय वृद्धले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
६५ वर्षीय वृद्धले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी

Share

नारीकोसिस डटकम/चैत २८, महोत्तरी । महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि ६५ वर्षीय वृद्धले जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीयलाई पक्राउ गरेको छ ।

भारतको सितामढी जिल्ला ग्राम पंचायत पिपरा ७ का ६५ वर्षीय मोहम्मद अन्सारीले डेढ महिना अघि सितामढि जिल्ला ग्राम पञ्चायत महादेवपट्टि १५ घर भएकी १५ वर्षीया किशोरीलाई ललाई – फकाई महोत्तरीको औरही ल्याएर सँगै राखेका थिए ।

किशोरीलाई अन्सारीको घरमा राखेको जानकारी पाए पछि इलाका प्रहरी कार्यालय गौशालाको टोलीले ती किशोरीको उद्दार गरेको थियो । साथै, मोहम्मद अन्सारीलाई पक्राउ गरेको इप्रका गौशालाका प्रमुख इन्सपेक्टर किशोर आर्चायले बताए ।

अन्सारीले बिवाहको प्रलोभन दिएर किशोरीलाई ल्याएको र सँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उद्दार गरेको किशोरीलाई उनको परिवारजनको जिम्मा लगाएर घर फर्काइ सकेको छ।

तपाईको प्रतिक्रिया