जेट एयरका सबै अन्तर्राष्ट्रिय उडान रोक्दै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जेट एयरका सबै अन्तर्राष्ट्रिय उडान रोक्दै

Share

नारीकोसिस/डटकम चैत २९, काठमाडौं । जेट एयरवेजले सबै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेको छ । जेट एयरवेज आर्थिक संकटमा फसेको छ । उडानहरु रद्द गर्नुको कारण पनि त्यही नै रहेको एयरवेजले जनाएको छ । जेट एयरवेज भारतको सबैभन्दा पुरानो निजी एयरलाइन्समध्ये एक हो ।

भारतीय मिडियाहरुका अनुसार यसका साथै जेट एयरवेजले अन्य १० विमानहरुलाई पनि सेवाबाट हटाएको छ । यसरी जेटले हालसम्म ७९ विमानहरुलाई सेवाबाट हटाइसकेको छ ।

जेटलाई ऋण प्रवाह गरेका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरेको छ । एसबीआई क्यापिटलले १२ अप्रिलबाट लिलाम बढाबढको प्रक्रिया सुरु गर्ने जनाएको छ । अन्तिम म्याद ३० अप्रिलसम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया