काँक्रो खानुका फाइदाहरु

काँक्रोको सेवनले शारीरलाई निकै फाईदा गर्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ जुन प्रोटिन पचाउनमा मद्दत गर्छ ।
एउटा करिब ११९ ग्रामको काँक्रोमा १४ ग्राम क्यालोरी, ०.२ ग्राम फ्याट हुन्छ । यसबाहेक यसमा ११५.११ ग्राम पानी, २.४ मिलिग्राम सोडियम, २.६ ग्राम कार्बोहाइड्रेट, ०.८ ग्राम डायटरी फाइबर, १.६ ग्राम सुगर, ०.७ ग्राम प्रोटीन, २ प्रतिशत भिटामिन ए, ६ प्रतिशत भिटामिन सी, २ प्रतिशत क्याल्सियम र १ प्रतिशत आइनर हुने वैज्ञानिक रुपमै पुष्टी भइसकेको छ । फाइदाहरु निम्न छन् :
१.काँक्रोको नियमित सेवनले कपाल र त्वजालाई सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ ।
२.क्यान्सरको खतरा हुनबाट जोगाउँछ ।
३.महिनावारी हुँदा देखिन सक्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
४.मधुमेह वा उच्चरक्तचाप भएका ब्यक्तिहरुका लागि फलदायी हुन्छ ।
५.पेट सम्बन्धी रोगको मुल कारण नै पाचन प्रणालीको खराबी हो । काँक्रोमा पर्याप्त मात्रामा फाइबर हुने हुनाले यसको प्रयोगले पाचन प्रणालीलाई सुधार गर्न मद्दत पुग्छ ।
६.वजन कम गर्न शरिरमा अनावश्यक क्यारोली जम्मा हुनबाट जोगाउनु पर्छ । काँक्रोमा क्यालोरी झण्डै शुन्य बराबरनै हुन्छ । यसको सेवनले पेट भरिने र अन्य भिटामीन पाइने हुँदा यसको प्रयोग बढ्दा वजन घट्ने पक्का छ ।
७.पानी बाहेक विभिन्न भिटामीन र आइरन पनि भएकोले यसको सेवनले शरिरलाई पर्याप्त शक्ति पनि दिन्छ ।
तपाईको प्रतिक्रिया